म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने ९ जना पक्राउ

म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने ९ जना पक्राउ


काठमाडौं ।

म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । बाँकीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भदौ १ गते अपलोड गरिएको उक्त भिडियो भाइरल भएपछि प्रहरीले मंगलबार दिनभरि ती व्यक्तिहरुको खोजी गरेको थियो ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यस भिडियोका गायक गेल्जङ दोर्जे तामाङ हुन् । उनले एक युट्युव च्यानलमार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । जसको अहिले विरोध भइरहेको छ ।

Logo