साम्राज्ञीको प्रचार शैली

काठमाडौं । चलचित्र मारुनी भदौ १३ गतेबाट प्रदर्शनमा आउँदै छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का अभिनित चलचित्र मारुनीलाई निकै महत्वका साथ हेरिएको छ । यसको प्रचार प्रचासको लागि चलचित्र निर्माण टिम देशदौडाहमा छ ।

नायिका शाह यतिबेला अहिले चलचित्रको टिमसँगै मोफसल दौडमा छिन् । उनीहरूले अहिलेसम्म बुटवल, चितवन, नेपालगञ्ज, इटहरी लगायतका शहरमा कार्यक्रमको आयोजना गरेका छन् ।

जहाँ नायिका शाहको क्रेज निकै बढी देखिएको छ । कार्यक्रमहरूमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले लगायत सहभागी छन् ।

विवादित बयान र तस्बिरका कारण चर्चामा आएकी साम्राज्ञीको क्रेज कमजोर त भएको छैन् भन्ने प्रश्न आइरहेका छन् । तर, मोसफल दौडमा रहेकी साम्राज्ञीले फ्यानहरूको गज्जबको माया पाएकी छन् । यतिसम्म क्रेज बढेको छ कि उनलाई कार्यक्रमस्थलबाट बास बसेको होटलसम्म पुर्‍याउन सुरक्षागार्डको सहयोग लिनु परेको थियो ।

कार्यक्रमको दौरानमा उनका विभिन्न खाले तस्बिरहरू पनि सार्वजनिक नभएका होइनन् । तर पनि उनका फ्यानहरूले उनको निकै प्रशंगा गर्दै आएका छन् ।

साम्राज्ञीले जसरी काठमाडौं बाहिर फ्यानहरू बटुलिरहेकी छन्, त्यसरी नै भदौ १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र मारुनीले सफलता पाउछ कि पाउदैन् भन्ने हेर्न बाँकी छ ।