#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4497819011819551095246932843766
नेपाल16471890438952124862
चितवन । पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने अझै एकदिन प्रहरी हिरासतमा रहने भएका छन् । थुनछेक बहसका लागि जिल्ला अदालत चितवनमा उपस्थित गराईएका लामिछानेसहित तीनै जनाको बयान नसकिएपछि उनीहरूको हिरासत यात्रा लम्बिएको हो ।आज पुडाशैनी मृत्यु प्रकणरमा जोडिएकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको छ । रविसँगै टिभी जर्नालिष्ट युवराज कँडेलको बयान भोली हुनेछ । उनीहरूलाई भोलीसम्मको लागि प्रहरी हिरासतमै राखिएको छ ।चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, कँडेल र कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।गत साउन २० गते चितवनको कंगारू होटलमा मृत फेला परेका पुडाशैनीले मर्नु अघि भिडियो बनाएका थिए । जसमा तीनै जनाके नाम लिएका थिए । सोही भिडियोका आधारमा प्रहरीले तीनैजनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।दश दिनमा अनुसन्धान सकाएको चितवन प्रहरीले आइतबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको थियो ।सरकारी वकिलले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना मागसहित अदालतमा मुद्दा पेश गरेको हो । बहसपछि अदालतले साधरण तारिखमा छोड्ने, धरौटीमा छोड्ने वा पूर्पक्षका लागि थुनामा पठाउने मध्ये एउटा आदेश दिनेछ ।

अस्मिता कार्कीको बयान सकियो, रविको भोली

चितवन । पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने अझै एकदिन प्रहरी हिरासतमा रहने भएका छन् । थुनछेक बहसका लागि जिल्ला अदालत चितवनमा उपस्थित गराईएका लामिछानेसहित तीनै जनाको बयान नसकिएपछि उनीहरूको हिरासत यात्रा लम्बिएको हो ।

आज पुडाशैनी मृत्यु प्रकणरमा जोडिएकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको छ । रविसँगै टिभी जर्नालिष्ट युवराज कँडेलको बयान भोली हुनेछ । उनीहरूलाई भोलीसम्मको लागि प्रहरी हिरासतमै राखिएको छ ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, कँडेल र कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

गत साउन २० गते चितवनको कंगारू होटलमा मृत फेला परेका पुडाशैनीले मर्नु अघि भिडियो बनाएका थिए । जसमा तीनै जनाके नाम लिएका थिए । सोही भिडियोका आधारमा प्रहरीले तीनैजनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

दश दिनमा अनुसन्धान सकाएको चितवन प्रहरीले आइतबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको थियो ।

सरकारी वकिलले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना मागसहित अदालतमा मुद्दा पेश गरेको हो । बहसपछि अदालतले साधरण तारिखमा छोड्ने, धरौटीमा छोड्ने वा पूर्पक्षका लागि थुनामा पठाउने मध्ये एउटा आदेश दिनेछ ।

सम्बन्धित समाचारहरु