ओली सिंगापुर हुँदा प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक
File Photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली उपचारको लागि सिंगापुर रहेका बेला अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

सिंगापुर जानु अघि ओलीले सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । प्रचण्डले भोलि विहान १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन् । बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल नेकपा सचिवालयले जनाएको छ ।