टिपरले ३ वटा मोटरसाइकललाई ठक्कर दिंदा सिनामंगलमा एकको मृत्यु, चार घाइते

काठमाडौं,

काठमाडौंको सिनामंगलमा गएराती टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

तीनकुनेबाट गौशाला जाँदै गरेको ना ३ ख ४३१७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको परिचय भने खुल्न सकेको छैन ।

घाइतेलाइ प्रहरीले अस्पताल पठाएको छ । ठक्कर दिने टिपर चालक फरार भएपनि प्रहरीले टिपर र चालकलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको छ। दुर्घटनापछि टिपरसहित गौशाला पुगेका चालक २८ वर्षीय सोनम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुर्घटनास्थलमा तीनवटा बाइक कच्याककुचुक भएका छन् । थप विवरण आउन बाँकी छ ।
अन्नपूर्णबाट