‘साजिद खान’ माथि यी ९ अभिनेत्रीले लगाए यौन शोषणको आरोप : कसैलाई प्राइभेट पार्ट देखाए, कसैलाई लुगा फुकाल्न लगाए

‘साजिद खान’ माथि यी ९ अभिनेत्रीले लगाए यौन शोषणको आरोप : कसैलाई प्राइभेट पार्ट देखाए, कसैलाई लुगा फुकाल्न लगाए


‘बिग बोस १६’ सुरु भएदेखि नै प्रतियोगी साजिद खानका कारण यो शो लगातार विवादमा रहँदै आएको छ । 

शो’ मा साजिद खानको उपस्थितिका कारण मानिसहरूले लगातार उनको विरोध गरिरहेका छन् । पेशाले फिल्म निर्देशक साजिद खान विरोधको प्रमुख कारण उनी विरुद्ध यौन उत्पीडनको आरोप हो । जुन मी२ क्याम्पेनको क्रममा अगाडी आएको थियो । त्यसयता उनलाई फिल्म जगतबाट अलग्याईएको थियो । हालै ‘बिग बोस’का निर्माताले साजिदलाई ‘बिग बोस १६’ मा बोलाइपछि जनतालाई उनको उपस्थिती निकै खत्किरहेको छ । के तपाईलाई थाहा छ साजिदमाथि एक–दुई होइन ९ जना युवतीले यौन उत्पीडनको आरोप लगाएका थिए । आउनुहोस् तपाईलाई साजिदमाथि आरोप लगाएका अभिनेत्रीहरूका बारेमा बताउनेछौं ।  

१. सलोनी चोपडा
सलोनी चोपडा एक भारतीय–अस्ट्रेलियन अभिनेत्री हुन् । उनी साजिद खानसँग फिल्म ‘हाउसफुल २’ मा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन् । सलोनीले साजिदलाई अनावश्यक फोन गरेर असहज महसुस गराएको आरोप लगाएकी थिइन् । यति मात्र होइन, सलोनीले साजिदले हस्तमैथुनको बारेमा सोधेको र उनको प्राइभेट पार्ट छुन पनि भनेका थिए । तर उनले त्यसो गर्न अस्वीकार गरेपछि साजिद उनीसँग रिसाएका थिए ।

२. रेचेल ह्वाइट
हिन्दी र बंगाली फिल्मकी अभिनेत्री रेचेल ह्वाइटले अभिनेत्री सलोनीलाई समर्थन गर्दै ‘हमशकल्स’ को सुटिङका क्रममा साजिद खानले घरमा बोलाएर आफ्नो फिल्ममा भूमिका दिनका लागि लुगा फुकाल्न लगाएको बताउछिन् ।

३. सिमरन सुरी
अभिनेत्री सिमरन सुरीले फिल्म ‘हिम्मतवाला’ को अडिसनका क्रममा साजिद खानले आफूलाई रोल दिए वापत लुगा फुकाल्न लगाएको बताउछिन् । उनका अनुसार यो घटना तब भयो जब साजिदले उनलाई आफ्नो जुहू घरमा बोलाएका थिए । सिमरनका अनुसार साजिदको कुरा सुनेर उनी छक्क परेकी थिइन् ।

४. आहाना कुम्रा
‘सोना स्पा’ र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ जस्ता फिल्मकी नायिका आहाना कुम्राले मी२ मोमेन्ट अन्तर्गत साजिद खानमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । साजिदले आफूलाई १०० करोड दिए आफु कुकुरसँग सेक्स गर्न राजी हुन्छिन ? भनेर सोधेको बताउछिन् ।

 

५. करिश्मा उपाध्याय
करिश्मा उपाध्याय एक पत्रकार हुन् । उनको कुरालाई विश्वास गर्ने हो भने साजिद खानले उनलाई असहज महसुस गराएका थिए । उनका अनुसार साजिद खानले एक अन्तर्वार्ताका क्रममा उनको अगाडि आफ्नो प्राइभेट पार्ट फ्ल्याश गरेका थिए ।

६. मन्दना करीमी
पूर्व ‘बिग बोस’ प्रतियोगी तथा अभिनेत्री मन्दना करीमी ‘बिग बोस १६’ मा साजिद खानको प्रवेशबाट असन्तुष्ट छिन् र बलिउड छोड्ने घोषणा गरेकी छिन् । उनका अनुसार फिल्म ‘हमशकल्स’ को कास्टिङका क्रममा साजिद खानले उनलाई लुगा फुकाल्न भनेका थिए ।

७. शर्लिन चोपडा
अभिनेत्री शर्लिन चोपडा पनि साजिद खानमाथि यौन उत्पीडनको आरोप लगाउने मध्ये एक हुन् । उनका अनुसार सन् २००५ मा साजिदले आफ्नो प्राइभेट पार्ट शर्लिनको अघि एक्सपोज गरेका थिए र महसुस गर्न भनेका थिए ।

८. जिया खान
दिवंगत अभिनेत्री जिया खानको वृत्तचित्र ‘डेथ इन बलिउड’ मा साजिद खानले उनीमाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको थियो । जिया खानकी बहिनी करिश्माका अनुसार फिल्म (हाउसफुल) को रिडिङ सेसनमा साजिद खानले जियालाई आफ्नो टप र ब्रा फुकाल्न भनेका थिए ।

९. डिम्पल पल
मोडल डिम्पल पलले सन् २०२० मा खुलासा गरेकी थिइन् । एक पटक साजिद खानले उनलाई गलत तरिकाले छुने प्रयास गरेका थिए । उसले आफ्नो अघि लुगा फुकाल्न पनि भनेका थिए । डिम्पलका अनुसार त्यतिबेला उनी १७ वर्षकी मात्र थिइन् ।

 

Logo