५ वर्षपछि शनिको चन्द्रमा टाइटनमा नासाले ‘ड्र्यागनफ्लाइ’ पठाउने

५ वर्षपछि शनिको चन्द्रमा टाइटनमा नासाले ‘ड्र्यागनफ्लाइ’ पठाउने


हाल सौर्यमण्डलमा पृथ्वी बाहेक कुनै पनि ग्रह छैन । 

तर यसको मतलब यो होइन कि सौर्यमण्डलमा कतै पनि जीवन हुन सक्दैन । खगोलविद् र वैज्ञानिकहरूले शनि र बृहस्पतिका केही चन्द्रमाहरूबाट एलियन पाउने उच्च अपेक्षा राखेका छन् । शनिको चन्द्रमा टाइटन एउटा यस्तो पिण्ड हो जहाँ यसको सतह मुनि हाइड्रोकार्बनयुक्त तालहरू छन् र जहाँ जीवनको कुनै न कुनै रूप हुन सक्छ भन्ने वैज्ञानिक विश्वास छ । शनिको चन्द्रमा टाइटनको अध्ययन गर्न नासाले रोबोटिक रोटोक्राफ्ट पठाउने तयारी गरिरहेको छ । ‘ड्र्यागनफ्लाइ’ नामको यो रोबोक्राफ्ट सन् २०२७ मा टाइटनका लागि प्रस्थान गर्नेछ

यो रोबोक्राफ्ट सन् २०३४ मा शनिको सबैभन्दा नजिक रहेको चन्द्रमा टाइटनमा पुग्नेछ र त्यहाँ सेल्क क्रेटर नजिकैको साग्री ला माउन्डमा अवतरण गर्नेछ । अनुसन्धानकर्ताहरूले यस क्षेत्रलाई वैज्ञानिक अध्ययनका लागि राम्रो क्षेत्रको रूपमा हेर्छन् । यसको अवलोकन र अध्ययनले धेरै जानकारी दिन सक्छ वैज्ञानिक बताउछन् 

Logo