ट्विटरले अमेरिकामा ल्यायो आफ्नो ’ट्विट सम्पादन’ सुविधा

ट्विटरले अमेरिकामा ल्यायो आफ्नो ’ट्विट सम्पादन’ सुविधा


ट्विटरले अमेरिकामा आफ्नो ’ट्विट सम्पादन’ सुविधा ल्याएको छ । 

टिवटरले केहि समय अघि मात्रै टिव्ट सम्पादन (इडिट)को परिक्षण गरिरहेको जनाएको थियो । सोहि अनुसार विश्वका विभिन्न मुलुकहरुमा टिव्ट सम्पादन (इडिट)को परिक्षण पश्चात माइक्रोब्लङि साइटले अहिलेलाई भेरिफाईड भएका अमेरिकाका टिव्टर प्रयोगकर्ताहरुलाई इडिटको सुविधा दिन सुरु गरेको छ । 

प्लेटफर्मल यो हप्ताको सुरुमा क्यानाडा, अष्ट्रेलिया र न्यूजील्याण्डका भेरिफाईड (टिव्टर ह्यान्डलमा निलो टिक लागेका) प्रयोगकर्ताहरुमा परिक्षण गरेको थियो । यद्यपी यसले भारत र नेपालका प्रयोगकर्ताहरुका बारेमा भने कुनै पनि सुविधाको बारेमा उल्लेख गरेको छैन । 

परिक्षण सफल भएकाले कम्पनिले बिस्तारै सबै प्रयोगकर्ताहरुका लागि यो सुविधा सार्वजनिक गर्दै छ । ट्विट सम्पादनको यो फिचरमा केहि सिमितताहरु रहेका छन् । जस्तो कि ट्विटर प्रयोगकर्ताहरुले आफुले ट्विट गरेको आधी घण्टा ९(३० मिनेट) पछि सम्पादन गर्न भने मिल्दैन । 

यसअघि, माइक्रोब्लङि प्लेटफर्मले सम्पादित ट्वीटका प्रत्येक संस्करणमा आफुले सम्पादन गरेको टिवटको इतिहास उपलब्ध हुने उल्लेख गरेको थियो । जसले गर्दा प्रयोगकर्ताहरुलाई परिवर्तन के भएको हो ? भन्ने कुरा थाहा पाउन सजिलो हुन्छ । 

परिक्षणका क्रममा टिव्टरले आफनो एउटा ट्विटलाई सम्पादन गर्दै यो सुविधा सार्वजनिक गरेको थियो । जसको मुनी ’अन्तिम पटक सम्पादन गरिएको’ देखाइएको थियो । अन्तिम सम्पादनमा क्लिक गरियो भने अघिल्लो ट्विटलाई हेर्न मिल्छ ।

Skip This
Logo