लोसपाबाट टिकट नपाएपछि नेता मियाँ एमालेमा प्रवेश

लोसपाबाट टिकट नपाएपछि नेता मियाँ एमालेमा प्रवेश


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लोसपाका कार्यकारिणी सदस्यसमेत रहेका मिया आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर एमालेमा प्रवेश गरेका हुन् । उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ ।

सो क्षेत्रमा उनले पार्टीबाट टिकट पाउने पक्का भएपनि हालै लोसपा सत्ता गठबन्धनमा मिसिएपछि त्याग्नुपरेकाे हाे । गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।

Logo