नोकियाको स्नेक गेम जस्तै भित्तामा चढ्दै विषालु सर्प (भिडियो हेर्नुहोस)

नोकियाको स्नेक गेम जस्तै भित्तामा चढ्दै विषालु सर्प (भिडियो हेर्नुहोस)


एरिजोनाको कोरोनाडो राष्ट्रिय स्मारकमा सोनोरन माउन्टेन किंगस्नेक भित्ता चढ्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

फेसबुकमा पोस्ट गरिएको यो भिडियो राष्ट्रिय निकुञ्ज सेवाका कर्मचारीहरूले सेयर गरेका हुन् । भिडियोमा हामी इँटाको पर्खालमा सर्प चढिरहेको दख्न सकिन्छ । भिडियोमा एउटा खैरो रंगको सर्प इँटाको बीचमा बनेको दरारबाट माथि उक्लिरहेको देखिन्छ । यो खैरो रंगको सर्पको बिचमा सेतो धारहरू पनि देख्न सकिन्छ । यो ४० सेकेन्डको भिडियोलाई धेरै प्रयोगकर्ताहरुले शेयर गरेका छन् । 

भित्तामा सर्प जसरी घुमिरहेको छ, धेरै प्रयोगकर्ताले नोकिया मोबाइलमा आएको स्नेक गेमलाई सम्झेका छन् । नोकिया फोनमा एक समय स्नेक गेम निकै लोकप्रिय थियो । यो गेम नोकियाको प्रारम्भिक फोनहरूमा आउँनेगथ्र्यो । किंग स्नेक वेबसाइटका अनुसार सोनोरन माउन्टेन किंगस्नेकहरू एरिजोनाको मध्य र दक्षिणपूर्वी पहाडी क्षेत्रहरूमा पाइन्छ ।

किंगस्नेक सानो र पातलो प्रजाति हो, यो सर्प जम्मा ४२ इन्च (१०५ सेमी) मात्र लामो हुन्छ । यी सर्पहरू धेरैजसो समय ढुङ्गामुनि वा चट्टानको दरारमा लुकेर बिताउँछन् ।

 

Logo