अध्यक्ष प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी

अध्यक्ष प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ छाडेपछि सो स्थानमा डा. भोजराज अधिकारी उठ्ने भएका छन् ।

सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पनि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजेपछि अधिकारीलाई सो स्थान दिन लागिएको हो । 

भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएपछि उनले चुनावी तयारी सुरु गरेका छन् ।

Logo