सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नदिएर स्वकीयलाई टिकट

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नदिएर स्वकीयलाई टिकट


सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाको समेत टिकट पाउन सकेनन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएर प्रदेश सभामा पनि दाबी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्ततः प्रदेश सभाको पनि टिकट नपाएका हुन् । 

यसअघि मुख्यमन्त्री निर्वाचित क्षेत्रमा गठबन्धनबाट माओवादीलाई भाग पर्दा पनि मुख्यमन्त्रीले टिकट नपाएका हुन् । उक्त क्षेत्रमा मुख्यमन्त्रीकै प्रमुख स्वकीय सचिव रहेका शिव सिंह ओलीले टिकट पाएका पाएका छन् । ओली डोटी इन्चार्ज पनि हुन् । अघिल्लो निर्वाचनमा पनि ओलीको प्रदेश सभामा दाबी थियो । गठबन्धनबाट भट्टले टिकट पाएपछि ओली जिताउन लागेका थिए ।

त्यहाँ कांग्रेका योगेन्द्र बहादुर शाहीलाई हराउदै भट्ट बिजयी भएका थिए । ५ वर्ष सम्म मुख्य मन्त्री भएका भट्टले अहिले फेरि प्रदेश सभामा दाबी गरेका थिए । एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डोटीको खमा ओलीको टिकट सुनिश्चित भएको हो ।गठबन्धनमा प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी प्रदेशको एउटा क्षेत्र माओवादी र अर्को कांग्रेसको भाग लागेको छ ।

Logo