रवि लामिछानेले चितवन-२ बाट लड्ने

रवि लामिछानेले चितवन-२ बाट लड्ने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । 

उनका सहयोगी दीपक बोहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो । उनी उम्मेदवारी मनोनयनका लागि चितवन पुगेका छन् । चितवन क्षेत्र नं. ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Logo