‘आदिपुरुष’ फिल्मको टिजरलाई लिएर दिल्लीको तीस हजारी कोर्टमा निवेदन दायर

‘आदिपुरुष’ फिल्मको टिजरलाई लिएर दिल्लीको तीस हजारी कोर्टमा निवेदन दायर


भारतीय अभिनेता प्रभास र सैफ अली खानको आगामी फिल्म ‘आदिपुरुष’ को टिजर रिलिज भएदेखि नै विवादका कारण चर्चामा रहदै आएको छ । 

टिजरमा सैफ अली खानको लुकलाई लिएर उठेको विवाद शान्त हुन सकेको छैन । ‘आदिपुरुष’मा हनुमानसँगै अन्य पात्रहरुको पनि निकै चर्को आलोचना भइरहेको छ । यी सबै विवादका बीच आदिपुरुषको यो मुद्दा दिल्लीको तीस हजारी अदालतमा पुगेको छ ।

फिल्म आदिपुरुषलाई लिएर दिल्लीको तीस हजारी अदालतमा याचिका दायर गरिएको छ । यस निवेदनमा निवेदकले फिल्मको रिलिज टिजरबाट आपत्तिजनक अंश हटाउन युट्युबलगायत इन्टरनेट मिडियालाई निर्देशन दिन माग गरेको छ । निवेदक राज गौरवले चलचित्र ‘आदिपुरुष’ मा भगवान राम र हनुमानको चरित्रलाई गलत ढंगले चित्रण गरेर हिन्दू समुदायको धार्मिक भावनामा चोट पु¥याएको जिकिर गरेका छन् ।

Skip This
Logo