मधेश प्रदेशको विजयी सुरुवात

मधेश प्रदेशको विजयी सुरुवात


मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतबारबाट पोखरा क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगितामा मधेश प्रदेशले समूह ‘ए’ को पहिलो खेलमा गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्‍यो । 

मधेश प्रदेशले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याएको गण्डकीले १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ३७ रन जोड्यो । गण्डकीकी शीला क्षेत्रीले १० रन जोडिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर  गर्न सकेनन् ।

मधेश प्रदेशकी अनुराधा चौधरीले चार ओभरमा आठ रन खर्चदै चार विकेट लिँदा कविता गौतम र शान्ति चौधरीले समान दुई र सन्तोषी चौधरीले एक विकेट लिइन् । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको मधेश प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ७७ रनको योगफल खडा गरेको थियो । मधेश प्रदेशकी सरस्वती कुमारीले अविजित १५, सना प्रविन र अलिशा यादवले समान १४ रन जोडिन् ।

गण्डकीकी आकृती तिवारीले तीन, कुशुम गोदारले दुई तथा शीला र सृष्टि क्षेत्रीले समान एक विकेट लिए ।

आज हुनै समूह ‘ए’ को दोस्रो खेलमा बागतमी प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्नेछन् । पुरुष क्रिकेट भने यस अघि नै सम्पन्न भइसकेको छ । नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको थियो । 

Logo