ग्वानझाउमा बस दुर्घटनाः ७ जनाको मृत्यु, ११ घाइते

चीन,
चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो ।

बसमा ४७ जना यात्रु थिए । ६ जनाको घटनास्थलमा नै मृत्युु भएको र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अन्य ११ जनाको अवस्था सामान्य छ । दुर्घटना हुनुको कारण भने पत्ता लाग्न सकेको छैन ।
रासस