पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण


नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा एक हजार ७६१ जनाको नमुना परीक्षण गरिएकोमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको तथ्यांक उपलब्ध छैन ।  

हाल देशभरमा ५७० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo