७६ सहसचिवको एकैपटक सरुवा

काठमाडौँ,

सरकारले एकै पटक ७६ सहसचिवको सरुवा गरेको छ । संघ अन्तर्गतका वरिष्ठ सहसचिवलाई सरुवा गरेर प्रदेश सचिवको जिम्मेवारी दिएको छ । सरुवा हुनेमा प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिव प्रदेश सचिवमा सरुवा भएका छन् ।

उनीहरुलाई विशेष सुविधासहित खटाइएको छ । उनीहरुले खरिदारसरहको निजी सचिव पनि पाउने छन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिवलाई प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरेपछि उनीहरूको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भुषालले जानकारी दिए ।
अन्नपूर्णबाट