कालीकोटको तिलागुफामा मलामी गएका १५ जना सम्पर्कविहीन्

कालीकोटको तिलागुफामा मलामी गएका १५ जना सम्पर्कविहीन्


कालीकोट स्थित तिलागुफा–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कमा नआएको बताइएको छ । 
राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएसँगै खोजी र उद्धारका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । विस्थापित सबै स्थानीय कालिका माध्यामिक विद्यालयमा बसिरहेका छन् ।
 

Skip This
Logo