दोहाेरो अंकले ओरालो लाग्यो शेयर बजार

दोहाेरो अंकले ओरालो लाग्यो शेयर बजार


आज शेयर बजार दोहाेरो अंकले ओरालो लागेको छ । दशैंपछिको पहिलो कारोबार दिन आइतबार साढे ४४ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से सोमबार भने २७ दशमलव १६ अङ्कले घटेर १ हजार ८७१ दशमलव २२ विन्दुमा झरेको हो । 

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । बीमा, विकास बैंक, माइक्रोफाइनान्स, होटल तथा पर्यटन, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

शेयर बजार घटे पनि आज कारोबार रकममा भने केही सुधार भएको छ । दुई सय ३३ वटा कम्पनीको ३१ लख ५५ हजार कित्ता शेयर ९७ करोड १७ लाख रुपैयाँमा किनबेच भएको छ । 

Logo