दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ सम्पन्न

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजना गर्नकालागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत आयोजना गरिएको तिनदिने सम्मेलन सोमबार समापन भएको छ ।

उक्त सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षक शिक्षिकाहरू लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने रप्रारम्भिकबाल्यकालविकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए ।

सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षक शिक्षिकासहित सातै प्रदेशका ५५ जिल्लाबाट ७ सय भन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिति थियो ।

शिक्षा क्षेत्रको विकासकालागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेललको यस सहकार्यको उद्देश्य रहेको छ । दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षाक्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ ।

“२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिँदै आयोजना गरिएको यो सम्मेलन बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,” उद्घाटन सत्रमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि गिरीराज मणि पोखरेलले भने ।

समापन समारोहमा प्रतिनिधिसभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिको उपस्थिति थियो । सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भईरहेको उनले बताईन् । उनले सम्मेलनमा सहभागि शिक्षक शिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाको विकासका लागि कक्षा कोठामा लगेर बाड्न सुझाइन् ।

“एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । “आवश्यक समय सापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्लेटफर्म प्रदान गर्दै उहाँहरुलाई अझ सशक्त बनाउन सहयोग पुर्‍याउनमा एनसेलको यो सहकार्य केन्द्रित रहेको छ । यस अन्तर्राष्ट्रिय सम्मलेन मार्फत स्थानिय तहका शिक्षक शिक्षिका सम्म पुगेर सिप सिकाईका अवसरहरु प्रदान गर्नु उद्देश्य हो ।”

“अन्तर्राष्ट्रिय सिकाई पद्धती, स्थानिय कक्षाकोठाहरु सम्म पुर्याउनु र यसका लागि शिक्षक शिक्षिकाहरुलाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य रहेको थियो,”रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले भनिन् ।

“सार्वजनिक तथा निजी क्षेत्रका दुवैको संलग्नताले नेपालको परिवेशमा गुणस्तरीय शिक्षा प्रवर्धन गर्नको लागि यो सम्मेलन उत्कृष्ट प्लेटफर्म बन्यो । साथै ३०० सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई यस सम्मेलनमा भागलिनका लागि दर्तामा सहगोग गर्न सहकार्य गरेकोमा एनसेल प्रति हामी आभारी छौं र अब एनसेलसँगको सहकार्यमा नै हामी प्रदेश तहमा यस सम्मेलन पश्चात आयोजना गर्ने योजनामा रहेका साना सम्मेलनहरु आयोजना गर्नेछौं ।” उनले भनिन् ।

यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनपश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुनेछन् ।

एनसेल र व्यवसायिक सामाजिक जिम्मेवारीबारे एक जिम्मेवार व्यवसायिक नागरिकको रुपमा एनसेलले देशको सामाजिक तथा आर्थिक विकासका लागि उल्लेखनिय योगदान पुर्याएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २०११—२०१८ सम्ममा शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, युवाप्रतिभा प्रर्वद्घन जस्ता थुप्रै विभिन्न सामाजिक पहलहरुमा रु ६७ करोडभन्दा बढी योगदान पुर्याइसकेको छ ।

एनसेलले शिक्षा क्षेत्रमा मात्र रु १० करोड भन्दा बढी योगदान पुर्याइसकेको छ र विगत ८ वर्षमा शिक्षा क्षेत्रमा भएका विभिन्न कार्यत्रमहरुले ५ दर्जनभन्दा बढी सरकारी तथा सामुदायिक विद्यालयका दुई हजार छ सय भन्दा बढी विद्यार्थीहरु लाभाम्बित भएका छन् ।