गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी मुलुकको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । 

मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले यस्तो आह्वान गरेका हुन् । उनले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए । 

उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पु-याउन आवश्यक रहेको पनि बताए । 

प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले गैर आवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक रहेको औंल्याए । 

‘गैर आवासीय नेपाली संघको सहजरुपमा गर्नसक्ने लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ । संसारभर छरिएर रहनुभएका अनेक नेपालीहरु, नेपालका गैर आवासीय दुतहरु हुन् । तपाईहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने हुन्छ ।’ उनले भने, ‘गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र सकेसम्म यहाँबाट स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पु-याउन आवश्यक छ । यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमा समेत टेवा पुग्छ ।’ 

उनले थपे- ‘गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्युनतमा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको छ । धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निस्काषनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ । यसबाट गैर आवासीय नेपालीलाई विभिन्न माध्यममा लगानी गर्न उत्प्रेरित गर्नेछ । गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि लिएर सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा काम सरकारले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।’
 
प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैर नागरिकता स्म्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने ‘तपाईहरुले धेरै उठाउँदै आएको कुरा नागरिकता सम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर नागरिकता सम्बन्धी ऐनमा समेटेर लैजाने छौँ । आफूसँग भएको सीप, पुँजीहरु नेपालको विकासमा लगाउन आह्वान गर्दछु ।’

उनले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे । 
 

Logo