युक्रेनले रुसलाई दियो ‘आतंकवादी देश’को संज्ञा

युक्रेनले रुसलाई दियो ‘आतंकवादी देश’को संज्ञा


संयुक्त राष्ट्रसंघको बैठकमा युक्रेनले रुसलाई ‘आतंकवादी देश’ भन्दै आलोचना गरेको छ । युक्रेनमा पछिल्लो रुसी आक्रमणपछि तुरुन्तै बोलाइएको बैठकले रुसको निन्दा गरेको थियो । योसँगै पश्चिमी देशहरूले रुसलाई ‘आतंकवादी देश’ भन्दै मस्कोलाई अलग्गै राख्नु पर्नेमा जोड दिएका छन् । 

रुसले युक्रेनको चार भूभागमा आंशिक कब्जा गरेको विषयमा संयुक्त राष्ट्रसंघमा बहस बोलाइएको थियो । तर यस बहसमा युक्रेनको राजधानी कीभ र अन्य सहरहरूमा भएका पछिल्लो आक्रमणको छाया प्रष्ट देखिन्थ्यो।

संयुक्त राष्ट्रका लागि युक्रेनका राजदूत सर्गेई किसलित्स्या, जसको परिवार पनि पछिल्लो हमलाबाट प्रभावित भएको छ ।उनले आफ्नो उद्घाटन टिप्पणीमा रुसले फेरि एक पटक यो एक आतंकवादी राज्य हो भनेर प्रमाणित गरेको र रुसलाई सम्भव भएसम्म कडा रूपमा रोक्नु पर्ने बताएका छन् । उनले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु र ९७ जना घाइते भएको बताएका छन् ।

Logo