आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट

आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट


साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार परिसूचक नेप्से १६ दशमलव ०६ अङ्कले घटेर १ हजार ८५५ दशमलव १६ विन्दुमा झरेको हो । 

आज होटल तथा पर्यटन, व्यापार, म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । बीमा, विकास बैंक, माइक्रो फाइनान्स, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

शेयर बजार घटेसँग आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । दुई सय २९ वटा कम्पनीको १७ लाख ६८ हजार ६९२ कित्ता शेयर ५५ करोड २८ लाख १० हजारमा किनबेच भएको छ । सोमबार शेयर बजार दोहोरो अंकले घटे पनि ९७ करोड १७ लाखको कारोबार भएको थियो । 

Logo