प्रतितोला ९ सय रुपैयाँले घटेपछि ७२ हजार ६ सय रुपैयाँमा सुनको कारोबार

काठमाडौं,
सुनको मुल्यबृद्दिको क्रम मंगलबार भने केहि घटेको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा घटेको छ । चाँदीको मूल्य भने यथावत नै छ । सोेमबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नेपाली सुनचाँदी व्यवसाय इतिहासकै सबैभन्दा धेरै भएको व्यवसायीहरुले बताएका छन् ।

यस्तै एक महिना अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

गत १० साउनमा प्रतितोलामा ६३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । एक महिनाको अवधिमा लगातार सुनको मूल्य बढेको सुनको मूल्य पछिल्लो तिन चार दिन स्थिर रहेको थियो ।
कारोबारबाट