बीवाईडीको एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक, कति पर्छ मूल्य ?

बीवाईडीको एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक, कति पर्छ मूल्य ?


प्रतिष्ठित चाइनिज ब्रान्ड बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ आज सार्वजनिक गरिएको छ ।

भारतमा सार्वजनिक गरिएको सो इलेक्ट्रिक कारले ५२१ किलोमिटरको रेन्ज दिनेछ, जसमा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको हुन्छ । यसको ब्याट्रीलाई ५० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

१२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको यस कारमा प्यानोरामिक सनरुफ, ८ स्पिकर, एलईडी लाइटिङ सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि  उपलब्ध छ । साथै सुरक्षाका लागि यसमा ७ एयरब्याग, टीपीएमएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री पार्किङ क्यामेरा, ईबीडी सहितको एबीएस, ईएसपी, टीसीएस, अल ह्विल डिस्क ब्रेकर पनि रहेको छ । 

यो इलेक्ट्रिक कारकाे मूल्य ५० हजार भारु तोकिएको छ । यसको आगामी जनवरीदेखि डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा पनि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आगामी शनिबार बीवाईडी एट्टो३ को ग्रान्ड लन्च गर्दैछ । 

Skip This
Logo