प्लाटिनम क्लबका दुई बाउन्सरमाथि खुकुरी प्रहार

प्लाटिनम क्लबका दुई बाउन्सरमाथि खुकुरी प्रहार


काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार भएको छ । 

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका बाउन्सरद्वय नितेश राई र छिरिङ लामालाई काठमाडौंको सोह्रखुट्टेमा ६/७ जनाकाे एक समूहले आक्रमण गरेको हो । खुकुरी प्रहारबाट नितेशको खुट्टामा र छिरिङको टाउकोमा गहिरो चोट लागेको छ । 

हाल उनीहरूको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । आक्रमणमा संलग्नहरुको खोजी सुरु गरिएको पनि बताइएको छ । 

सो क्लबमा केही समयअघि बाउन्सरसँग झगडा गरेको आरोपमा प्रहरीले एक समूहलाई पक्राउ गरेको थियो । सोही समूहले नै बाउन्सरलाई पछ्याएर आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

Logo