महोत्तरीका १४३ मतदान स्थल अति संवेदनशील

महोत्तरीका १४३ मतदान स्थल अति संवेदनशील


मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि महोत्तरीमा २ सय ५८ मतदान स्थल र ४ सय ९९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

भारतसँग करिब ३९ किलोमिटर खुला सीमा जोडिएको महोत्तरीमा भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी २ सय ५८ मध्ये १ सय ४३ मतदान स्थल अति संवेदनशील, १ सय १४ संवेदनशील र एउटालाई मात्र सामान्यमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए । 

भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधि लगायतका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोही अनुरूप सुरक्षा व्यवस्था भरपर्दो पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

Skip This
Logo