यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमयदर

यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कले आज बुधबार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ५५ पैसा र बिक्रीमा १२८ रुपैयाँ १३ पैसा छ भने युके पाउन्ड स्टर्लिङ खरिदमा १४५ रुपैयाँ २७ पैसा र बिक्रीमा १३५ रुपैयाँ ९३ पैसा छ । त्यस्तै  स्वीस फ्र्याङ्क एकको खरिदमूल्य १३१ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २८ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४० पैसा छ भने सिङ्गापुरे डलर एकको खरिदमूल्य ९१ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ७६ पैसा छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीमा ९ रुपैयाँ ६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १३ पैसा रहेकाे छ । त्यसैगरी,  कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा रहेको छ । 

Logo