पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ


बुकिङ खुला गरेको पहिलो दिनमै भारतमा टियागो ईभीको १० हजार युनिट बुकिङ भएको छ । 

अनलाइन वा डिलरशिपमा गएर बुक गर्न सकिन्छ । पहिलो दिनमै १० हजार युनिट बुकिङ भएपछि टाटा मोटर्सले अरु १० हजार ग्राहकका लागि मूल्य स्थीर राख्ने घोषणा गरेको छ । हाल सो कारको मूल्य ८ लाख ४९ हजार भारु छ । टाटा टियागोको बुकिङ २१ हजार भारुको टोकन रकममा खुला छ । यो  ग्राहकहरूको लागि सो कारको टेष्ट ड्राइभ डिसेम्बर २०२२ को अन्त्यमा र डेलिभरी जनवरी २०२३ बाट सुरु हुनेछ ।

टाटा टियागो ईभीमा २ वटा ब्याट्रीको विकल्प रहेको छ । पहिलो १९।२ किलोवाटको ब्याट्री, जसले ४५ केडब्ल्युएचको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ भने दोस्रो २४ किलोवाटको ब्याट्री, जसले ५५ केडब्ल्युएचको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

टाटा टियागो ईभीको डिजाइन यसको पेट्रोल मोडलसँग मिल्दोजुल्दो छ । यो ५ रङमा उपलब्ध हुनेछ । यसमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको सुविधा पनि दिइएको छ । 

कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट-स्टप र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध गराइएको छ । यसमा मल्टी मोड रि–जेनेरेसन पनि उपलब्ध छ ।

टाटा टियागो ईभी जिपट्रोन प्लेटफर्ममा तयार पारिएको हो । यसको फ्रन्टमा २ वटा एयरब्याग रहेको छ । अचानक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि एबीएस सिस्टममा ईबीडी जडान गरिएको छ । पार्किङका लागि रिभर्स क्यामेरा पनि उपलब्ध छ ।

Skip This
Logo