राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने भीम रावलको घोषणा

राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने भीम रावलको घोषणा


नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताएका छन् ।

बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने बताए ।

नेता रावलले पार्टीमा सधैं दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख गर्दै घनश्याम भुसालको विद्रोहलाई उचित कदमको संज्ञा दिए । उनले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने, माक्र्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गरे ।

अछाममा भने त्यहाँका बहुसंख्यक जनताको भावनाको कदर गर्दै त्यसअनुरुप चल्ने बताए । एमालेले कति सिट जित्छ भनेर आफूले भन्न नसक्ने रावलको भनाइ थियो ।

Skip This
Logo