रौतहट -३ मा प्रभु साहलाई माओवादीले सघाउने

रौतहट -३ मा प्रभु साहलाई माओवादीले सघाउने


नेकपा माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने भएकाे छ ।

आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनाैपचारिक रुपमा यस्तो निर्णय गरेको हाे । केन्द्रीय गठबन्धन निर्णयअनुसार  रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको स्राेतकाे भनाइ छ ।

यस्तै, बैठकमा सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ । 

Logo