साजिद खानलाई अभिनेत्री कनिष्का सोनीले लगाईन ‘मीटु’को आरोप

साजिद खानलाई अभिनेत्री कनिष्का सोनीले लगाईन ‘मीटु’को आरोप


सलमान खानको विवादित शो ‘बिग बोस १६’ मा साजिद खान प्रवेश गरेदेखि नै उनलाई शोबाट बाहिर निकाल्न माग भइरहेको छ । 

साजिदलाई शो’मा देखेपछि अभिनेत्रीहरू एकपछि अर्को गर्दै बाहिर आएर आफुले ब्यवहोर्नु परेको हयारेसमेन्टका बारेमा खुलासा गरिरहेका छन् । अहिले दिया और बाती हम र पवित्रा रिश्ता जस्ता सिरियलमा काम गरिरहेकी कनिष्का सोनीले साजिदमाथि गम्भीर आरोप लगाउँदै चकित पार्ने खुलासा गरेकी छिन् । कनिष्काले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै भनेकी छिन्, ‘केही दिन अगाडि मैले एउटा अन्तर्वार्ता दिएको थिएँ, जसमा एक जना निर्देशक–निर्माता आएका थिए । उनले मलाई घरमा बोलाएर तिम्रो पेट हेर्न चाहन्छु भनेका थिए । मैले त्यतिबेला उनको नाम लिएको थिइन, तर अब म उनको नाम राख्न चाहन्छु र त्यो साजिद खान हो ।’

भिडियोमा कनिष्क सोनीले थप भनिन, ‘मसँग फोहोरी काम गर्नेमध्ये एक जना निर्देशक बिग बोसको घरमा रहेको थाहा पाएको छु । म पहिले उनको नाम लिन चाहन्नथे । उनीहरुको नाम लिनुअघि मलाई यति डर लागेको थियो कि म भारत आउन डराइरहेको थिएँ किनभने यिनीहरु धेरै शक्तिशाली छन् । यी मानिसहरू जे पनि गर्न सक्छन् । हाम्रो सरकारले पनि उनीहरुविरुद्ध केही गर्न सक्दैन । त्यसैले नाम राख्न डर लाग्छ तर पनि आज बताउदैछु । किनकी उनी बिग बोसमा पाइरहेका प्रसिद्धि र प्रचारको हकदार छैनन् र उनको नाम साजिद खान हो ।’

उनले आफ्नो कुरालाई अगाडि बढाउँदै भनिन, ‘सन् २००८ मा दुईवटा रियालिटी शो गरेँ तर पैसा नहुँदा पार्टटाइम रिपोर्टिङको काम पनि गर्थें । निर्देशक–निर्माताहरूसँग अन्तर्वार्ता लिन्थेँ । त्यसपछि मैले साजिद खानलाई भेटे । एक दिन मैले साजिद खानलाई अन्तर्वार्ताका लागि बोलाएँ । उनले मलाई साजिद नाडियाडवालाको घरमा बोलाए । अन्तर्वार्ताका क्रममा मैले उनलाई अभिनयमा करियर बनाउन चाहन्छु भनेँ, त्यसैले उनले घर बोलाए । मैले पनि काम गर्ने सोच गरें त्यसैले जोखिम मोल्नुपर्छ भन्ने सोचेर उनको घर पुगेँ । उसले मलाई उभिन भन्यो । उसले मेरो फिगर हेरि भन्यो तिमी परफेक्ट छौ ।

दीपिका पादुकोणलाई लिएर फिल्म बनाइरहेको छु । तिमीसँग राम्रो फिगर छ । तिमीमा एउटा मुख्य नायिकामा हुनुपर्ने गुण देखे । उसले फेरि भन्यो म तिम्रो पेट हेर्न चाहन्छु । नडराऊ म तिमीलाई छुदिन । मैले पेट देखाउन नसक्ने भन्दै हात जोडे । त्यसपछि उनले मलाई फिल्ममा लिन सक्दिन भन्दै जवाफ दियो ।’

Logo