‘दृश्यम २’ मा अक्षय पटेल अनुसन्धान अधिकारीको भूमिकामा

‘दृश्यम २’ मा अक्षय पटेल अनुसन्धान अधिकारीको भूमिकामा


अजय देवगन स्टारर फिल्म ‘दृश्यम २’ को ट्रेलर रिलिजअघि सबै मुख्य पात्रहरूको फर्स्ट लुक्स सार्वजनिक भैरहेको छ । 

बुधबार तब्बुको लुक्सपछि बिहीबार अक्षय खन्नाको लुकको पनि झलक शेयर गरिएको छ । अक्षय यस फ्रेन्चाइजीमा नयाँ अनुहार हुन् । फिल्ममा अक्षयको क्यारेक्टरको पञ्च लाइन– ‘शत्रुले प्रायः दुश्मनलाई हराउने मौका दिन्छ ।’ अभिषेक पाठक निर्देशित दृश्यम २ नोभेम्बर १८ का दिन हलमा रिलिज हुँदैछ । यो अभिषेकको पहिलो निर्देशन फिल्म हो ।

रिपोर्टका अनुसार अक्षय फिल्ममा प्रहरी अनुसन्धान अधिकारीको भूमिकामा देखिनेछन्, जसले तब्बुका छोरा ‘साम’ को पुनः अनुसन्धान गर्नेछन । ‘दृश्यम २’ को कथा पहिलो फिल्मको केही वर्षपछि हुनेछ । विजय सालगांवकर आफ्नो जीवनमा अगाडि बढेका छन् । दुबै छोरीहरू हुर्किसकेका छन् ।

रिपोर्टका अनुसार अक्षय फिल्ममा प्रहरी अनुसन्धान अधिकारीको भूमिकामा देखिने भएकाले अब विजयले आफ्नो परिवारको सुरक्षा कसरी गर्ने ? यसका लागि उनी पहिलेदेखि नै तयारी अवस्थामा छन् । यसपटक नयाँ कदम के कस्तो चाल्ने ? दृश्यम २ ले यस्ता धेरै प्रश्नको जवाफ दिनेछ । यससँगै तब्बुको चरित्र पनि यसपटक फिल्ममा फर्किनेछ ।

Logo