अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक


चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेकाे हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय  ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ ।

यसरी फर्किने धेरैजसाे इजरायली पर्यटक छन् । केही फ्रान्स, जर्मन, इटली, बेलायत, अमेरिका, भारतका साथै नेपाली पनि छन् । केही पर्यटक अझै मनाङमै छन् । यहाँ दैनिक ७० देखि ८० जना विदेशी पर्यटक आउने गरेकाे पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनका अनुसार हिमपात जारी छ । त्यो हेर्न पनि पर्यटक आएका हुन् ।

केही पर्यटक रोकिएको र केही थोराङ्ला भन्ज्याङ (५,४१६ मिटर) पार गरेर मुक्तिनाथ पुगेकाे उनले बताए ।

एक्याप धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मंगलबार मात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा दुई सय पर्यटक भित्रिएका छन् । 

Skip This
Logo