अन्धविश्वासको आडमा ‘दुई महिलाको हत्या’

अन्धविश्वासको आडमा ‘दुई महिलाको हत्या’


रातको अन्धकार बढ्दै जाँदा ‘काल’ को पूजा सुरु हुन्छ । यस्तो पुजा जहाँ मानव बलि चढाइन्छ । 

मानव बलि देवतालाई खुसी पार्न लिने गरिन्छ । जुन शिक्षित समाजमा कसैले कल्पना पनि गर्न सक्दैनन् । यस्तो घटना भारतकै सबैभन्दा शिक्षित राज्यमध्ये एक केरलामा भएको हो । तन्त्र–मन्त्र, योग–साधना र बाली यी शब्दहरू सुन्दा अनौठो लाग्न सक्छ । के तपाई कल्पना गर्न सक्नुहुन्छ कि आजको समयमा पनि मानव बलि दिने गरिन्छ ? साधना प्राप्तीका लागि कसैलाई मार्न सक्छ ? केरलाको पठानमथिथा जिल्लाको थिरुभल्ला सहरमा दुई महिलाको बलि दिइएको छ । यो बलि कालो जादूका लागि दिइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार आफ्नो इच्छा पूरा गर्न श्रीमान् श्रीमतीले चार महिनामा दुई महिलाको हत्या गरेका हुन ।

यसरी घटयो घटना….
एर्नाकुलम जिल्लाको पद्मम नाम गरेकी एक महिला गत महिना अचानक बेपत्ता भइन । उनको परिवारका सदस्यले प्रहरीमा उनी हराएको उजुरी दिए । अनुसन्धानका क्रममा पथनम्थिट्टा जिल्ला बस्ने भगवल सिंह र उनकी श्रीमती लैलासम्म शंकाको सुई पुग्यो । प्रहरीले दुवैलाई पक्राउ गर्दा उनीहरुबाट भएको घटना सार्वजनिक हुदा सबै मानिस अचम्ममा परेका छन् । भगवल सिंह र उनकी श्रीमती लैलाले घरमा समृद्धि ल्याउन पद्मको बलि दिएको बताए । उनीहरुका अनुसार पद्मालाई पहिले काटियो र त्यसपछि उसको शवलाई सानो–सानो टुक्रामा काटेर गाडिएको थियो ।

यति मात्र नभई यी जोडीले चार महिनाअघि पनि रोसेलिन नाम गरेकी महिलाको बलि दिएका थिए । रोसेलिन पनि जुन महिनामा एर्नाकुलमबाटै बेपत्ता भएकी थिइन । त्यसयता उनको कुनै पत्ता लाग्न सकेको थिएन । पद्माजस्तै रोसेलिनको शवलाई पनि सानो टुक्रामा काटेर गाडिएको भगवल सिंह र उनकी श्रीमती लैलाले बताए । बलि दिइएका दुवै महिला लगभग ५० वर्षका थिए । चार महिनामा यी दुई जोडीले कालो जादूका नामले दुई महिलाको हत्या गरे । बलि दिने काममा भागवाल र लैलालाई सहकर्मी राशिद उर्फ मोहम्मद शमीले पनि सहयोग गरेका थिए । रशिदले सुनियोजित तरिकाले सामाजिक सञ्जालमार्फत चिठ्ठा बिक्रेतासँग मित्रता बनाएर उनीहरुको अपहरण गरेका थिए । अपहरणपछि राशिदले ती दुबै महिलालाई भागवाल र लैलालाई सुम्पेका थिए । 
 

Logo