नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : आज उपराष्ट्रपतिले उद्घाटन गर्ने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : आज उपराष्ट्रपतिले उद्घाटन गर्ने


गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार औपचारिक रूपमा सुरु हुँदैछ। 

प्रतियोगिताको आज पोखरा रंगशालामा विशेष समारोह मा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै छन् । अपराह्न ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटन गर्ने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले उद्घाटन गर्न लागेका हुन् । उद्घाटन समारोहमा ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्ने छन् ।
 
यससँगै मार्चपास, झाँकी प्रदर्शन, गीत, नाचगान लगायतको कार्यक्रम छ। प्रतियोगिताका अधिकांश खेल पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा ११ टिमका ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

यस पटक विभागिय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् । यस पटक ३६ खेलका ४०४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ । केही खेल सुरु भइसकेको छ ।

Logo