माछापुच्छ्रे बैंकको लाभांश घोषणा

माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरि कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

गत आवको अन्त्यसम्ममा बैंकको शेयरधनी कोषमा लाभांश बाँड्ने रकम मुनाफा एक अर्ब ७० करोड ५७ लाख रुपैयाँ रहेको थियो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो। चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक सम्पुर्ण बैकिंङ सुबिधा प्रदान गरिरहेको छ। बैंकले देशभर १५७ वटा एटीएम सञ्चालन गरेको छ ।