#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19295948718365618952912388054
नेपाल2221470633015814

कलंकीमा एक किशोरीमाथि सामूहिक बलात्कार, फकाएर होटलमा लगियो

File Photo

काठमाडौं । कलंकीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर दैलेखकी १७ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ रहेका छन् । धादिङकै ३० वर्षीय मदन थापा मगर भने फरार रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र मगर दुवै जना मिलेर ति किशोरीलाई फकाएर गेष्ट हाउसमा लगेर बलात्कार गरेका थिए । सामूहिक बलात्कारमा परेको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार