लुम्बिनीलाई पराजित गर्दै गण्डकी ह्यान्डबलको फाइनलमा

लुम्बिनीलाई पराजित गर्दै गण्डकी ह्यान्डबलको फाइनलमा


आयोजक गण्डकी प्रदेश लुम्बिनीलाई ५४-२१ को नतिजामा पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार बिहान पोखरास्थित कभर्डहलमा भएको खेलमा गण्डकीले सहज जित निकाल्यो । गण्डकीका चन्द्र केसीले सर्वाधिक १८ गोल गरे । गण्डकीले स्वर्ण पदकका लागि विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलसमेत आजै हुनेछ । 

Logo