शिक्षकहरूको स्थायी दरबन्दी पुर्नवितरण गरिने

काठमाडौं । गाउँपालिकाहरूमा शिक्षकहरूको स्थायी दरबन्दी पुर्नवितरण गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण कार्य सुरु गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुर्नवितरण गर्ने कार्यदलले बनाएको प्रतिबेदन मन्त्रीपरिषद् बैठकले पारित गर्नुको साथै प्रमाणित भएर आईसकेकाले अब दरवन्दी वितरणको काम सुरु गरिने बताए ।

दरबन्दी पुर्नवितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदन मन्त्रीपरिषद्ले पास गरेको मन्त्री पोख्रेलले बताए । शिक्षक सेवा आयोगको नियमावली पनि मन्त्रीपरिषद् बैठकद्धारा संसोधन भईसकेको छ ।

शिक्षा पुर्वाधारको पनि पुर्वाधार भएको र शिक्षाले ज्ञान, सिप र सोच परिर्वतन गर्न सक्नुपर्ने बताए । शिक्षक दरबन्दी मिलानको अधिकार स्थानीय सरकारलाई नै दिइएको छ । नीति कार्यान्वयनमा स्थानीय सरकारको जिम्मेवारी अन्र्तगत राखिएको उक्त व्यवस्थामा ‘राष्ट्रिय मापदण्डका आधारमा सार्वजनिक विद्यालयको शिक्षक दरबन्दी पुनर्वितण र मिलान गर्ने’ उल्लेख छ ।

जबकी उक्त नीतिमा उल्लेख मस्यौदा अन्र्तगत शिक्षक व्यवस्थापनको बुँदामा भने शिक्षक नियुक्तिको विषयलाई ‘पुनर्विचार गर्ने’ मात्रै उल्लेख गरिएको छ ।

’शिक्षकको कार्यसम्पादन विद्यार्थीको परीक्षाको परिणामको आधारमा समेत मूल्याङ्कन गरी शिक्षण सिकाइ क्रियाकलापमा सुधारका लागि जिम्मेवार र जवाफदेही बनाइने’ भनिए पनि उनीहरुको कार्यसम्पादन गर्ने निकायका बारेमा नीति मौन छ ।

विद्यार्थी भएको ठाउँमा शिक्षक नहुने र शिक्षक भएको ठाउँमा विद्यार्थी नहुने अवस्थाको अन्त्य गर्न शिक्षक दरबन्दी पुनर्वितरण गर्ने अधिकार स्थानीय सरकारलाई नै दिइएको हो ।