कम्युनिस्टहरुको दुस्चक्रबाट नेपाललाई मुक्त नबनाएसम्म समृद्ध मुलुक बन्न सक्दैन : महत

काठमाडौं,

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाललाई कम्युनिस्टहरुको दुस्च्रकबाट मुक्त नबाएसम्म नेपाल समृद्ध मुलुक बन्न नसक्ने दाबी गरेका छन् ।

आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टीले देशलाई अराजकतातिर लैजान खोजेको भन्दै त्यो कार्य रोक्न कांग्रेसका सबै कार्यकर्ता लाग्नु पर्ने बताए।

उनले नेपालमा कानुनी शासनको लागू गर्न र नेपालीलाई सुखी बनाउन कांग्रेस नै चाहिने पनि जिकिर गरे । बिश्वभर असफल भैरहेको कम्युनिस्ट सिद्धान्तले नेपाललाई बिकशित राष्ट्र बनाउनेछ भनेर परिकल्पना सम्म पनि गर्न नसकिने उल्लेख गरे । महतले कांग्रेस प्रचारमुखी नभएर काम मुखी भएको तर कम्युनिस्टहरुले कामलाई बेवास्ता गर्दै प्रचार तिर लागेको आरोप समेत लगाए ।