मोरङ -३ मा डा. सुनिल शर्माले सुरु गरे घरदैलो अभियान

मोरङ -३ मा डा. सुनिल शर्माले सुरु गरे घरदैलो अभियान


आगामी प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार डा. सुनिल शर्माले चुनावी घरदैलो अभियान सुरु गरेका छन् । 

गठबन्धनले क्षेत्र नम्बर ३ मा सुन्दर हरैचा नगरपालिका -१० बाट चुनावी घरदैलो अभियान सुरु गरेको हो । अभियानमा मोरङ क्षेत्र नम्बर ३ ख का उम्मेदवार लक्ष्मिकुमार श्रेष्ठसहित गठबन्धनमा आवद्द सबै दलका नेताहरु सहभागि भएका थिए । 
साे क्रममा प्रतिनिधिसभाका उम्मेदवार शर्माले जनताको भोट खेर जान नदिने र पुरै इमान्दारितापूर्वक यस क्षेत्रको विकासमा लाग्ने प्रतिवद्दता जनाएका थिए । 

No description available.घरदैलो कार्यक्रममा उम्मेदवारहरुले यस क्षेत्रको विकास, शिक्षाको सुधार, स्वास्थ्यदेखि पुर्वाधार विकासका विषयमा आफूहरुसंग प्रष्ट खाका रहेको र यीनै योजना कार्यन्वयन गर्नपनि गठबन्धनलाई भोट दिन जनतासंग आग्रह गरेका थिए ।

Logo