गण्डकी प्रदेशमा आज २५ जना कोरोना संक्रमित पुष्टि

गण्डकी प्रदेशमा आज २५ जना कोरोना संक्रमित पुष्टि


कास्की ।

आज पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

गए राति १७ जना र आज बिहान ८ जना गरी गण्डकी प्रदेशका २५ जना संक्रमित थपिएका हुन् ।

आज बिहान कास्कीका ४, नवलपुरका २ जना र बागलुङका २ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीमा संक्रमण पुष्टि भएका सबै पोखरा महानगरपालिकाका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या अब १ हजार ७६४ पुगेको छ ।

Logo