मेगा बैंकको ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना

काठमाडौं,

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ ।

ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको हो । बैकले खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिने जनाएको छ । खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ ।

तीन फरक योजनाहरु मध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिने र यसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम डेढ करोडसम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको पनि बैकले जनायो ।