पल्सर सिरिजका ३ नयाँ मोटरसाइकल खरिदमा बजाजकाे आकर्षक अफर

पल्सर सिरिजका ३ नयाँ मोटरसाइकल खरिदमा बजाजकाे आकर्षक अफर


बजाज मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर सिरिजका ३ नयाँ मोटरसाइकल लन्च गरिसकेको छ । जसमा एनएस १२५, एन १६० र एन २५० रहेका छन् ।

कम्पनीले आफ्नै हायर प्रचेज कम्पनी हुलास फिनमार्फत २५ प्रतिशत डाउनपेमेन्टमै यी मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । टु ह्विलरमा अधिकतम ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने राष्ट्र वैंकको नियम रहेपनि कम्पनीले  ‘आधाको आधा नै काफी छ’ स्किमअन्तर्गत सरल किस्तावन्दीमा बिक्री गर्दै आइरहेको हो । 

यस स्किमअन्तर्गत ग्राहकले आवश्यक डकुमेन्ट बुझाएर यी मोटरसाइकल १ वर्ष, १८ महिना र २ वर्षको किस्तावन्दिमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

२ लाख ८० हजार रुपैयाँ पर्ने पल्सर एनएस १२५ का लागी ग्राहकले शुरुमा ७० हजार भुक्तानी गर्नुपर्ने छ । बाँकी २ लाख १० हजारलाई २ वर्षको किस्तावन्दीमा खरिद गर्दा मासिक १० हजार १८२ रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने कम्पनीले बताएकाे छ । 

यसैगरी ३ लाख ८० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको पल्सर एन १६० का लागी डाउनपेमेन्ट वापत ९५ हजार रुपैयाँ भुक्तानी गरेपछि वाँकी हुन आउने २ लाख ८५ हजार रुपैयाँलाई मासिक किस्ताका रुपमा भुक्तानी गर्न सकिनेछ । 

पल्सर सिरिजको सवैभन्दा ठूलो इन्जिन जडान भएको एन २५० को मूल्य कम्पनीले ४ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ । जसमध्ये २५ प्रतिशत डाउनपेमेन्ट गर्दा शुरुमा १ लाख २२ हजार ५०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ भने मासिक १७ हजार ८१८ रुपैयाँका दरले २ वर्षभित्र भुक्तानी गरिसक्नु पर्नेछ ।

Logo