पूर्वमन्त्री किसान श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने

पूर्वमन्त्री किसान श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने


आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठले आफूलाई मत दिन नपाउने भएका छन् । 

उनको मतदाता नामावली तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा रहेकोले आफूलाई मतदान गर्न नपाउने भएका हुन् । 

प्रत्यक्ष तर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्रमै पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उनले बाराबाट मतदान गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं. ४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेकाले उनले प्रत्यक्ष तर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँमै जानु पर्ने समेत आयोगले जनाएको छ

बारा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका उनी यसपटक भने मतदान गर्न तनहुँ पुग्न नसक्ने देखिएको छ । नेता श्रेष्ठले आफू बारा आएर चुनाव लड्ने वा तनहुँमै लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावली सार्न नसकिएको र यस पटक आफू मतदानबाट बञ्चित हुनुपरेको बताए । आफ्नो क्षेत्र छाडेर अन्यत्र चुनाव लड्ने नेता श्रेष्ठ एक्ला व्यक्ति भने होइनन् । श्रेष्ठ जस्तै देशभरका धेरै उम्मेदवारले आफूलाई नै मत हाल्न नपाउने भएका छन् ।

Skip This
Logo