विश्वकपमा नामिबियाको शानदार सुरुवात, श्रीलंका स्तब्ध

विश्वकपमा नामिबियाको शानदार सुरुवात, श्रीलंका स्तब्ध


नामिबियाले आइसिसी टि२० विश्वकपमा शानदार सुरुवात गरेको छ । आइतार भएको उद्धघाटन खेलमा नामिबियाले टेस्ट टोली श्रीलंकामाथि ५५ रनको विजयी हासिल गरेको हो । 

जितको लागि १६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १०८ रनमा अल आउट हुन पुग्यो । श्रीलंकाको लागि कप्तान दाशुन शनकाले सर्वाधिक २९ रन बनाउनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । भानुका राजपक्षेले २० रन तथा धनन्जय डि सिल्भाले १२ रन जोडे । 

बलिङतर्फ नामिबियाका  बेर्नाड स्कोल्ट्ज, बेन शिकोङ्गो, जान फिंलिक र डेविड विजाले समान २/२ विकेट लिए भने जे जे स्मितको हातमा एक विकेट रह्यो । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । नामिबियाको लागि मध्यक्रमका ब्याटर ज्यान फ्रिलिंकले सर्वाधिक ४४ रनमा रन बनाए । जेजे स्मित ३१ रनमा अविजित रहँदा स्टेफन ब्राड २६, कप्तान गेरार्ड इरास्मस र  लोफ्टी ईटनले समान २०/२० रन जोडे । 

बलिङतर्फ श्रीलंकाका प्रमोद मधुसानले २ विकेट लिए भने वानिन्दु हसरंगा, चामिका करुणारत्ने, दुश्मन्था चामिरा र महेश थिक्सनाले एकएक विकेट लिए ।

जितसँगै नामिबियाले समूह ए मा महत्वपूर्ण दुई अंक बटुलेको छ । तर एसिया कप विजेतासमेत रहेको श्रीलंकाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । 

Logo