ट्रिनिटी कलेज नै रोज्ने ५ कारण (भिडियोसहित)

त्रिभुवन बिश्वविद्यालयबाट सम्बन्धन प्राप्त ट्रिनिटी इन्टरनेशनल कलेज काठमाडौंको मुटु डिल्लिबजारमा अवस्थित छ । ‘शिक्षा नै भविष्यको आधार’ भन्ने मुल नाराका साथ आज भन्दा १२ वर्ष अघि स्थापना भएको यस कलेजले दक्ष नागरिक उत्पादनमा आफूलाई अहोरात्र क्रियाशील राखेको छ । विशेषता नै विशेषताहरुले भरिएको यस कलेजलाई विद्यार्थीले रोज्ने ५ मुल विशेषता भने यस्ता छन् –

विशेषता नं– १
सतप्रतिसत रिजल्ट दिने कलेज
दक्ष र अनुभवि शिक्षक–शिक्षिकाहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने ट्रिनिटीसतप्रतिसत रिजल्ट दिईरहन सफल छ । यस कलेजमा प्लसटुभन्दा माथि त्रिभुवन विश्वविधालयको सम्बन्धनमा बिएससी, सिएसआइटी, बिबिएस, बिए र अंग्रेजीमा एमएसम्मको अध्ययन गर्न पाईन्छ ।

विशेषता नं. – २
पठनविधी प्रयोगात्मक र ब्यवहारिक
ट्रिनिटी कलेजको पठनविधी व्यवहारिक र प्रयोगात्मक छ । यस्ता पठनविधिले विद्यार्थीको ज्ञान, सिप, र क्षमताविकासमा ठुलो सहयोग पु¥याउँछ । अर्थात रिजल्टमा आउने उत्कृष्ट नम्मरमा सीमित छैन, ट्रिनिटीको अध्ययनविधी । ट्रिनिटीले जीवनकै परीक्षा सफल बनाउने रोडम्याम समेत तयार गर्न मद्धत गरिदिन्छ ।

विशेषता नं. – ३.
लोभलाग्दो भौतिक पूर्वाधार
बृहत् पुस्तकालयय, साइन्स ल्यााब, खेलमैदान, क्यान्टिन, यातयात र स्वास्थ्य लगायतका सम्पुर्ण सुविधाहरु भएको ट्रिनिटी कलेजले सहजलाग्दो वातावरणमा अध्ययन–अध्यापन गराउने गर्छ । कलेजमा फिजिक्स, बायोलाजी, केमेस्ट्री, कम्युटर साइन्स लगायतका छुट्टा छुट्टै र बृहत्त ल्याबहरु रहेका छन् ।

विशेषता नं. – ४
अतिरिक्त क्रियाकलापमा अब्बल
यस कलेजले विद्यार्थीलाई पाठ्यक्रममा मात्र सिमित नगराएर विभिन्न अध्ययन भ्रमण, प्रोजेक्ट वर्क, गोष्टी लगायत अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको क्षमता विकास गराउने गर्दछ । त्यसैगरी कलेजले खेलकुदलाई पनि विशेष प्राथमिकता दिँदै आएको छ । खेलकुदले विद्यार्थीलाई अनुशासित, स्वस्थ र गतिशिल बनाउने कलेजको ठम्याई छ ।

विशेषता नं. – ५
निजी क्षेत्रको सवैभन्दा ठूलो कलेज
निजी क्षेत्रको सवैभन्दा ठूलो कलेजको परिचय बनाएको छ, ट्रिनिटीले । यस कलेजमा विद्यार्थीकालागी जति कोटा छ्ट्याएको छ, त्यतिको संख्यामा कोटा ब्यवस्था गर्ने अर्को निजी क्षेत्रमा कलेज छैन ।

ट्रिनिटी कलेज नै रोज्नुपर्ने ५ कारण

ट्रिनिटी कलेज नै रोज्नुपर्ने ५ कारण १) सतप्रतिसत रिजल्ट दिने कलेज२) पठनविधी प्रयोगात्मक र ब्यवहारिक३) लोभलाग्दो भौतिक पूर्वाधार४) अतिरिक्त क्रियाकलापमा अब्बल५) निजी क्षेत्रको सबैभन्दा ठूलो कलेज

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, August 30, 2019