गठबन्धनद्वारा सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन

गठबन्धनद्वारा सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन


वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आज आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुविर शर्माको संयोजकत्वका निर्वाचन परिचालन समिति गठन गरिएको हो । सो समितिमा गठबन्धन दलमा आवद्ध सबै दलका क्षेत्रीय समिति मातहतका नेता तथा कार्यकर्ता सदस्य छन् ।

सो निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभातर्फ पूर्व सभामुख ओनसरी घर्ती उम्मेदवार रहेकी छन् । यस्तै प्रदेशसभातर्फ भरतप्रसाद फुयाल र ध्रुव केसी उम्मेदवार छन् । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको उपस्थितीमा उक्त निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

Skip This
Logo